काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.५४ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार हुँदा खुद नाफा बढ्न पुगेको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ नाघेको छ । यद्दपि, बैंकलाई खराब व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । अघिल्लो वर्ष १.८६ प्रतिशत रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४.१६ प्रतिशत पुगेको छ ।
खराब कर्जाको व्यवस्थापनलाई बैंकले उच्च प्राथमिकतामा राखेको चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ । गत वर्ष सेन्चुरी बैंकलाई एक्वायर गरेपछि प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब बढी पुगेको छ । समीक्षा अवधिमा बैंकको रिजर्भ कोष ८५.३६ प्रतिशतले बढेर १० अर्ब रुपैयाँ नाघेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६१.८२ प्रतिशत बढेको छ भने कर्जा लगानी ६३.८५ प्रतिशत बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्