×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्रमा परेको दबाब ठूलो छ, सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन’- प्रधानमन्त्री

PRIME CA

‘अर्थतन्त्रमा परेको दबाब ठूलो छ, सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन’- प्रधानमन्त्री

अर्थ सरोकार

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

हाल मुलुकको अर्थतन्त्रमा ठूलो दवाव परेको प्रधानमन्त्रीको भनाई छ । ‘अर्थतन्त्रमाथि परेको दवावको अन्त्य अझै भएको छैन् । नेपाल र नेपालको अर्थतन्त्र अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ ।’, उनले भने, ‘अर्थतन्त्र त्यति चलायमान भएको छैन् । सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन् ।’ त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताएका छन् ।

त्यस्तै, प्रचण्डले कार्यक्रममा नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको बताएका छन् । ‘नेपालले पछ्याईरहेको विकासको मोडल अन्तर्गत हामी १६औं मोडलमा छौं । तर, यो फेल भएको मोडल हो ।’, उनले भनले, ‘यो माडलले अग्रगति दिन सकेन । देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन । यसमा आमुल परिवर्तन आउन आवश्यक छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: