×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको स्वीकारोक्ति- ‘अर्थतन्त्र चलायमान हुन सकेन’

अर्थ सरोकार

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार

PRIME CA

प्रधानमन्त्रीको स्वीकारोक्ति- ‘अर्थतन्त्र चलायमान हुन सकेन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको अर्थतन्त्र सोचेजस्तो चलायमान हुन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

यसो त पछिल्लो समय अर्थतन्त्रका चुनौतिका बारेमा देशभर व्यापक बहस चलिरहेको छ । यहीबेला प्रधानमन्त्री दाहालले संसदबाटै अर्थतन्त्र सोचेजस्तो चलायमान हुन नसकेको स्वीकारेका छन् ।

‘अहिले देशको अर्थतन्त्रमा परेको दबाब कायमै छ । सोचेजस्तो गरी अर्थतन्त्र चलायमान हुन सकेको छैन ।’, उनले भने, ‘अर्थतन्त्र सुधारका सवालमा सरकार गम्भीर छ । तर, चाहेजस्तो प्रगति देखिएको छैन ।’

त्यस्तै, प्रधानमन्त्री दाहालले दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको समेत बताएका छन् । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उनको दाबी रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: