×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्जिनियरिङको शुल्क वृद्धिको निर्णय फिर्ता लिन सांसद पौडेलको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्जिनियरिङको शुल्क वृद्धिको निर्णय फिर्ता लिन सांसद पौडेलको माग

Artha Sarokar

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभूवन विश्वविद्यालय अन्तर्गत ईन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले ईन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेर संचालन हुँदै आएको अध्ययन संस्थानमा मूल्य वृद्धि हुनु अस्वाभाविक भएको बताएका छन् ।

‘त्रिभूवन विश्वविद्यालय अन्तर्गत ईन्जिनियरीङ कलेज आन्दालित भएको छ । त्यहाँ झण्डै २ सय प्रतिशत शुल्क वृद्धि गरिएको छ ।’, सांसद पौडेलले भने, ‘ईन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा संचालन हुँदै आएको अध्ययन संस्थानमा जुन ढङ्गबाट मूल्य वृद्धि भएको छ त्यो अस्वाभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता लिईयोस् ।’

त्यस्तै, उनले त्रिभूवन विश्वविद्यालय अत्यन्तै भद्रगोल तरिकाले चलिरहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्न शिक्षा मन्त्रालयलाई आह्वान समेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी