Skip to content
LAXMI SUNRISE BANK

खबरदारी गर्दा उल्टै तनाव दिने प्रेस काउन्सिलको चिट्ठीप्रति इमानको आपत्ति, भन्यो- ‘पदाधिकारीमाथि नै शंका उत्पन्न भयो’

अर्थ सरोकार

काठमाडौं । प्रेस काउन्सिलमा भएको व्यथितिका बारेमा छानविनको माग गर्दा उल्टै काउन्सिलले स्पष्टीकरण सोधेपछि आर्थिक मिडिया संचालक संघ (इमान)ले आपत्ति जनाएको छ ।

संघका उपाध्यक्षसमेत रहेका माधव प्रसाद तिवारीले प्रेस काउन्सिल र सूचना विभागमा मालपोतमा जस्तै विचौलियाहरु भएको र काम गरिदिन्छु भन्दै रकम असुली गरेको विषयमा सामाजिक सञ्जालमार्फत गरेको प्रश्नबारे काउन्सिलले तिवारीसँग स्पष्टीकरण सोधेको थियो । तर, छानविन गर्नुको सट्टा उल्टै स्पष्टीकरण सोधको भन्दै इमानले आपत्ति जनाएको हो ।

‘प्रेस काउन्सिल नेपाल र सूचना विभागमा हुने काम निश्चित पैसा लिएर सम्बन्धित सञ्चालकको उपस्थितिबिनै सबै गरिदिन्छ भनी लेखिएको सम्झना पौडेल र दीपक आचार्यको इमेलबाट आएको पत्रको स्क्रिनसट राखेर उपाध्यक्ष तिवारीले फेसबुकमा प्रश्न उठाएको विषयलाई लिएर काउन्सिलले जवाफ पेस गर्न भन्दै ३ दिनको समय सीमा नै तोकेर पत्राचार गरेकोप्रति गम्भीर आपत्ति छ ।’, विज्ञप्तीमा भनिएको छ ।

प्रेस काउन्सिल र सूचना विभागजस्तो मर्यादित ठाउँमा मालपोत र यातायात कार्यालयमाजस्तो पैसा लिएर काम गरिदिन्छु भन्दै सेवाग्राहीलाई हैरानी पार्ने बिचौलियालेजस्तै प्रेस काउन्सिलमा समेत काम गरिदिन्छु भन्दै खुलेआम रूपमा इमेल गर्न थालेपछि उठाइएको प्रश्नपछि दोषीलाई कार्वाही गर्नुको सट्टा उल्टै जवाफ पेस गर्न भन्दै प्रश्न उठाउने व्यक्तिलाई पत्र काटिनु खेदजनक रहेको इमानको ठहर छ । यसरी दोषीलाई जोगाउने नियतले प्रश्न उठाउनेमाथि जाई लाग्दा यस्तो काममा काउन्सिलकै कर्मचारी वा पदाधिकारीको संलग्नताको शंका भएको इमानको विज्ञप्तीमा भनिएको छ ।

इमानले काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुने गरी खुलेआम बिचौलियाको संरक्षण गर्दै काटिएको उक्त पत्र फिर्ता लिन विज्ञप्तिमार्फत आग्रह गरेको छ । यसका साथै संविधानमै उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै बिचौलिया संरक्षण गर्ने कार्य नगर्न प्रेस काउन्सिल नेतृत्वलाई विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK