Skip to content
LAXMI SUNRISE BANK

प्याजको भाउ थोक मूल्यमै १७ रुपैयाँ महंगियो

अर्थ सरोकार

काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै सोमबार नेपाली बजारमा प्याजको मूल्य किलोमै १७ रुपैयाँले बढेको हो ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार प्याजको थोक मूल्य प्रतिकिलो १७ रुपैयाँले बढेको हो । मूल्य वृद्धि सुरु भएसँगै सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ ।

यसअघि कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ रहेको थियो । नेपाली उत्पादनले बजारमो माग थेग्न नसक्दा अधिकांश प्याज भारतबाटै आयात गरिँदै आएको थियो । तर, अब आयात महंगो हुने भएपछि नेपाली बजारमा प्याजमा मूल्यवृद्धि सुरु भएको छ ।

कस्तो छ, अन्य तरकारी मूल्य ?
समितिले सार्वजनिक गरेको मुल्यसूची अनुसार नेपाली ठुलो गोलभेंडा प्रतिकेजी न्युनतम मुल्य १२० रुपैयाँ, भारतीय ठुलो गोलभेंडा १५० रुपैयाँ, लोकल सानो गोलभेंडा ६० रुपैयाँ, टनेलको गोलभेंडा ७० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, रातो आलु प्रतिकेजी ५० रुपैयाँ, रातो आलु(मुडे) ४५ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ तोकिएको छ । त्यस्तै, गाजर ११०, लोकल बन्दा ४०, स्थानीय काउली ८०, सेतो मुला ७०, भान्टा लाम्चो ६०, भान्टा डल्लो ८०, बोडी १००, मकै बोडी ८०, घ्यु सिमि १००, टाटे सिमि ७०, भटमासकोसा ९०, तिते करेला ८०, लौका ७०, परवल ६०, चिचिन्ड़ो ५०, घिरौला ४०, पाकेको फर्सी ५०, हरियो फर्सी ८० र भिन्डी ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

यस्तै, रायोको साग प्रतिकेजी १४० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ, हरियो प्याज १८० रुपैयाँ, कन्ये च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, न्युरो ८०, ब्रोकाउली १५०, चुकुंदर ८०, रातो बन्दा १४० रुपैयाँ, तामा १०० रुपैयाँमा बिक्री भईरहेको छ ।

यता फुजी स्याउ ३५० रुपैयाँ रहेको छ भने केरा दर्जनको १४० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, कागती १६०, अनार २८०, कालो अंगुर ४००, हरियो तर्बुजा ७०, मौसम १२०, जुनार ३२०, काक्रो ८०, रुख कटहर ४०, निबुवा ६०, लोकल नासपाती ७०. चाइनिज नासपाती ३००, भारतीय मेवा ८०, किवी ७००, अभोकाडो ४५० रुपैयाँ प्रतिकेजी न्युनतम मुल्य तोकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK