काठमाडौं । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले आफुलाई एउटा मिटरब्याजी समुहले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
चौलागाईंका अनुसार उनलाई न्युरोडका देविवास सहकारीका सञ्चालक वासु श्रेष्ठ, देवेन्द्र आचार्य, विक्रम वानियाँ र शैलेन्द्र शर्माको समुहले शनिवार साँझ ९८५११८२९३० बाट देविवास सहकारीका संचालक वाशु श्रेष्ठले घमण्ड देखाउँदै सिआइबी र हनुमान ढोका प्रहरीमार्फत आफुलाई उठाउने र गोली हानी हत्या गर्ने भनी धम्की दिएका हुन् ।
नीज बासु श्रेष्ठ लगायतका समुहलाई देउरालीका अध्यक्ष चौलागाईंले गत असार १२ गते ५ रोपनी जग्गा खाइ दिएको र नगद ३० करोड रकम मिटरब्याज मार्फत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गराएका थिए ।
सो मुद्धा कार्वाहीका लागि अघि बढेपछि आफुलाई मार्ने धम्कीका साथै मार्नलाई विभिन्न समुहलाई सुपारी समेत दिएको चौलागाईंको भनाइ छ । चौलागाँई भन्छन् ‘मैले ललितपुर प्रहरी प्रशासनलाई खबर गरी धम्कीपूर्ण अभिब्यक्तिको अडियो बुझाएको छु । यदि आफु तलमाथी भए नीज मिटरब्याजी समुह नै पर्ने उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्