×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमती नदीमा र्‍याफ्टिङ… (फोटो-कथा)

PRIME CA

बागमती नदीमा र्‍याफ्टिङ… (फोटो-कथा)

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर ‘बागमती नदी महोत्सव एवं तथा महाजलयात्रा’ सुरु गरिएको छ । शनिवार बागमती तथा यसका सहायक नदीहरूको पानी पिउन योग्य बनाउने उद्देश्यले नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले ‘बागमती नदी महोत्सव तथा महाजलयात्रा’ को आयोजना गरेको हो।

शनिबार बिहान ७ बजे थापाथलीबाट सुरू भएको महाजलयात्रा सुन्दरीघाटमा पुगेर टुंगिएको थियो । नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले बागमती काठमाडौंको सभ्यतासँग जोडिएकोले कञ्चनरुपले बग्न दिनुपर्छ भन्ने उद्देश्यले महोत्सवको आयोजना गरेको जानकारी दिएका थिए । उनले अहिले १५ वटा डुंगा राखेर १५० जनालाई र्‍याफ्टिङ गराएको पनि जानकारी दिएका थिए।

बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलयात्रा कार्यक्रमको मुख्य उद्धेश्य रहेको पनि उनको भनाइ छ ।

नेपाल नदी संरक्षण संस्था, र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज तथा फेण्ड्स क्लव कुपण्डोलको संयुक्त आयोजनामा र नेपाल पर्यटन वोर्डको प्रवर्द्धन साथै अन्य विभिन्न संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। बाँकी तस्विरमा हेनुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: