×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुब्बा सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुब्बा सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित

Artha Sarokar

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा सहकारी अभियन्ता पुरस्कारबाट सम्मानित भएकी छिन् । उनलाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको हो ।

मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २७ औं वार्षिकोत्सव तथा २९औं साधारणसभाको अवसरमा मंगलबार महाप्रबन्धक सुब्बालाई २६ हजार राशी रहेको सो पुरस्कारबाट पुरस्कृत गरेको हो । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले सुब्बालाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।

नेपालको सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारी अभियन्ताहरुलाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले सहकारीमा २५ वर्ष भोगाई र अनुभुति नामक पुस्तक तथा सहकारी सम्बन्धी विभिन्न लेख, रचनासमेत प्रकाशन गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गरेकाले संस्थाले सुब्बालाई सम्मान गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

पाँचथर जिल्ला याङनामकी सुब्बा २०५३ सालमा राष्ट्रिय सहकारी महासंघमा लेखापालको रुपमा प्रवेश गरेसँगै सहकारी अभियानमा जोडिएकी हुन् । त्यसपछि उनी निरन्तर रुपमा सहकारी अभियानमा सक्रिय रहेकी छन् । उनी जापान, सिंगापुर, थाइल्यान्ड, बेलायत, जर्मनी, अमेरिका, इटाली, ब्राजिल, बेल्जियम, फ्रान्सलगायत १९ वटा मुलुकहरुमा आयोजना भएका सहकारीसम्बन्धी तालिम तथा गोष्ठीहरुमा सहभागी भएकी छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी