काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले संसद अवरुद्ध भएको समयको बैठक भत्ता नलिने भएका छन् । शुक्रबार रास्वपाका सांसदहरुले कुनै पनि कारण संसद नचलेको वा अवरोध भएको अवस्थामा बैठक भत्ता नलिने घोषणा गरेका हुन् ।
पार्टीका तर्फबाट सभापति रवि लामिछानेले सांसदहरुले गरेको उक्त घोषणाको जानकारी सभामुख देवराज घिमिरेलाई गराएका छन् । योसँगै अव राजनीतिक द्वन्दका कारण संसद अवरुद्ध भए रास्वपाका सांसदहरुले त्यस दिनको बैठक भत्ता नलिने भएका छन् ।
योसँगै रास्वापाले संसद अधिवेशन नियमित गर्न आवश्यक पहल गर्नका लागि सभामुखलाई आग्रह गरेको छ ।