×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८० वर्षीया रत्नले कक्षा १२ को परीक्षा पास गरिन्, भन्छिन्- ‘पढ्न छोड्नुहुन्न भन्ने सन्देश दिन पढेकी हुँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

८० वर्षीया रत्नले कक्षा १२ को परीक्षा पास गरिन्, भन्छिन्- ‘पढ्न छोड्नुहुन्न भन्ने सन्देश दिन पढेकी हुँ’

Artha Sarokar

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंकी ८० वर्षीया रत्नकुमारी सुनुवार कक्षा १२ को परीक्षामा पास भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले २०८० सालमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा सुनुवार पास भएकी हुन् ।

उनले कक्षा १२ को परीक्षामा २.६४ जिपिए ल्याएकी छिन् । ८० वर्षीया रत्नले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसबाट ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर अध्ययन गरेकी थिइन् । बैशाखमा भएको परीक्षामा उनले कोटेश्वर बहुमुखी क्याम्पसबाट परीक्षा दिएकी थिइन् ।

वृद्धावस्थामा पनि पढेर परीक्षा पास गरेपछि अहिले रत्नको चौतर्फी चर्चा भईरहेको छ । हाल उनलाई सामाजिक सञ्जालमा बधाई दिनेहरुको ओईरो छ ।

पछिल्लो समय पढ्दापढ्दै विद्यालय छोड्ने र एकपटक उनुतिर्ण (फेल) हुँदा विद्यालय नै ‘ड्रप आउट’ गर्नेहरु बढेका बेला ‘पढ्न छोड्नु हुन्न’ भन्ने सन्देश दिन आफूले पढाई सुरु गरेको रत्न बताउँछिन् । हरेश खानु हुन्न भन्ने सन्देश दिन अध्ययन सुरु गरेको बताउँदै उनले कक्षा १२ को परीक्षामा पास हुँदा निकै खुसी लागेको पनि बताएकी छिन् ।

कोभिड १९ को माहामारीका बेला एसईईको परीक्षा दिएकी रत्नलाई शान्तिनगरस्थित बानेश्वर क्याम्पसले स्नातक तह (ब्याचलर)सम्म निःशुल्क पढाउने घोषढाा गरिसकेको छ । ८० वर्षीया रत्नको जन्म
रामेछापको चरिकोट अड्डामा भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी