Skip to content
LAXMI SUNRISE BANK

रोयल्टी तिर्न १६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

अर्थ सरोकार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

बिहीबार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो ।

इन्टरनेट सेवाप्रदायक कम्पनीले रोयल्टी बापतको रकम २०७९ पुस मसान्तभित्र बुझाउनुपर्ने थियो । तर, प्राधिकरणको आग्रहलाई उनीहरुले वेवास्ता गरेपछि बिहीबार सूचना नै प्रकाशित गरेर शुल्क बुझाउन आग्रह गरेको छ । अन्यथा हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ । यस्तो रोयल्टी तिर्न बाँकी इन्टरनेट सेवाप्रदायक कम्पनीको सूची: 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK