काठमाडौं । संसद सञ्चालन गर्न दलहरुबीच दुई बुँदे सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यता प्राप्त पार्टीहरुको बैठकमा संसद बैठक सञ्चालन गर्ने विषयमा दुई बुँदे सहमति भएको हो ।
बैठकमा भएको दुईबुँदे सहमतिको मस्यौदा तयार पारिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार उक्त सहमतिबारे केहीबेरमा औपचारिक हस्ताक्षर गरिनेछ ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि नै संसदमा अवरोध जनाउँदै आएको थियो । एमालेकै अवरोधका कारण हालसम्म संसद सञ्चालन हुन सकेको छैन । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएसँगै बैठक बुधबार दिउँसो तीन बजे बस्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्