Skip to content
LAXMI SUNRISE BANK

नेपाल कपडा तथा सिलाई व्यसायी संघ काठमाडौंद्धारा १० व्यवसायी सम्मानित

अर्थ सरोकार

काठमाडौ“ । नेपाल कपडा तथा सिलाई व्यसायी संघ काठमाडौ“ले १० जना व्यवसायीलाई सम्मान प्रदान गरेको छ । चावहिलमा आयोजित एक कार्यक्रममा सर्टिङ सुटिङको क्षेत्रमा लामो समयसम्म काम गरी यस क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउन अतुलनिय व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको हो ।

स्वदेशमै बसेर उद्यमी गर्नेहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यअनुसार १० जना व्यवसायीलाई सम्मान गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्कीले बताएका छन् ।

संघले आफ्ना कार्यक्रममा सर्टिङ सुटिङको क्षेत्रमा लामो समयसम्म क्रियाशिल उद्यमीहरुलाई सम्मान प्रदान गर्दै आएको हो । संघबाट सम्मानित हुनेहरुमा अनिता उप्रेती (सीप विकास महिला समूह, कपन), कञ्चन सेन हमाल (सिम्रन बुटिक कलेक्सन, दरबारमार्ग), जीवन सोनाम (राष्ट्रिय दौरा सुरुवाल टेलर्स, नारायणटार), तेज बहादुर नेपाली (टप फिटिङ्ग टेलर्स, जोरपाटी), अर्जुन नेपाली (अर्जुन टेलर्स, जोरपाटी), मनोज राउत (शुभकामना टेलर्स, जोरपाटी), मोहम्मद खुर्सेद (न्यु चा“दनि टेलर्स, कपन), मोहम्मद कलिम (कलिम टेलर्स, चावहिल), अनिल कुमार पण्डित (अनलिमिटेड रेडिमेड सर्टिङ सुर्टिङ, चावहिल), प्रतिमा पोखरेल (प्रेरणा लेटिज टेलर्स एण्ड टे«निङ सेन्टर, धुम्बाराहि) रहेका छन् ।

शनिबार व्यवसाय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रममा उद्यमीहरुलाई सम्मान प्रदान गरिएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK