Skip to content
LAXMI SUNRISE BANK

सन्दीप कुमार चौधरीसहित ठगी मुद्धामा ३ पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका चर्चित प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरी पक्राउ परेका छन् ।  बैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।  उनीसँगै गोरखा घर भएकी ५० वर्षीय एक माया पुलामी मगर र धादिङ घर भएका ४५ वर्षीय शालिकराम अर्याल पनि पक्राउ परेका छन् ।
वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा विभागले प्रहरीलाई पत्राचार गरेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाईसहित तीन जनालाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सन्दीप कुमार चौधरी रूपक बुढाथोकीलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिन्छु भन्दै दुई लाख पचपन्न हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । रेग्मीका अनुसार उनलाई बिहीबार नयाँ बानेश्वरस्थित उनको कार्यालयबाट पक्राउ गरिएको हो ।
तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK