×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणमा नेताहरुको कुरो मिल्यो, उच्च स्तरीय छानविन समिति बनाउन सरकार तयार, एमालेले विरोध नगर्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुन तस्करी प्रकरणमा नेताहरुको कुरो मिल्यो, उच्च स्तरीय छानविन समिति बनाउन सरकार तयार, एमालेले विरोध नगर्ने !

Artha Sarokar

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो समय निकै पेचिलो बनेको सुन तस्करी प्रकरणमा नेताहरुबीच कुरो मिलेपछि मंगलबार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । १० साउनदेखि एमालेको अवरोधका कारण सञ्चालन हुन नसकेको संसद बैठक मंगलबार दिउँसो तीन बजे बस्ने भएको हो ।

यसअघि सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले अवरोध गर्दै आएको थियो । तर, एमालेको माग सम्बोधन गर्ने सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो ।

सोमबार राती प्रधानमन्त्री कार्यालयमा बसेको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउने सहमति भएको हो । आफ्नो मागप्रति सरकार सकारात्मक भएसँगै एमालेले संसदमा कुनै अवरोध नगर्ने भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी