काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउन माग गरेका छन् । भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को दशौं प्रतिनिधि परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले यस्तो माग गरेका हुन् ।
पोखरलले चालु आर्थिक वर्षको सुरुवातदेखि नै श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्ने भए पनि हालसम्म न्यूनतम ज्याला लागू हुन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । ‘श्रमिकहरुको ज्याला साउन १ गतेदेखि नै लागू हुनुपर्ने हो ।’, उनले भने, ‘तर, साउनको अन्तिम सातासम्म पनि सरकारले न्यूनतम ज्याला तय गर्न नसक्नु दुखद हो ।’
त्यस्तै, उनले देश आर्थिक मन्दीमा नगएका समेत दाबी गरेका छन् । ‘हाम्रा छिमेकी चीन र भारत दुवै देशमा मन्दी छैन ।’, उनले भने, ‘यहाँ देश आर्थिक मन्दीमा रहेको प्रचार गरिएको छ । देशमा मन्दी भएको हो भने व्यापारीले ४० अर्ब फाइदा कसरी कमाए ?’
देशमा आर्थिक मन्दी नभएको र हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तत्काल वृद्धि गर्नसमेत सरकारसँग माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्