×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलस्थित अक्सफर्ड कलेजमा सेयर सेचतना कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुटवलस्थित अक्सफर्ड कलेजमा सेयर सेचतना कार्यक्रम सम्पन्न

Artha Sarokar

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुटवलस्थित अक्सफर्ड कलेजमा सेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा सेयर गुरु सुवासचन्द्र भट्टराई रहेका थिए । करिब एक सय जनाभन्दा बढी विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा विद्यार्थीलाई सेयर बजारका विषयमा सिकाइएको थियो । उक्त कार्यक्रमबाट सेयर बजारबारे धेरै कुरा सिक्न पाएको सहभागीहरुको प्रतिक्रिया रहेको छ ।

उक्त कार्यक्रम सेयर बजार सिक्न चाहनेहरुका लागि प्रभावकारी बनेको अर्थ सरोकार डटकमका कार्यकारी प्रमुख सुरज प्याकुरेलले बताएका छन् । ‘अक्सफर्ड कलेजमा गरिएको सेयर सेचना कार्यक्रम फलदायी रह्यो । धेरैले सेयर बजारबारे धेरै कुरा सिक्न पाउनुभएको छ ।’, उनले भने, ‘अर्थ सरोकार विद्यार्थी तथा नयाँ लगानीकर्ताका समस्या सम्बोधन गर्न हरदम तयार छ ।’

त्यस्तै, सेयर बजारबारे सचेतना तालिम सञ्चालन गरेर सेयर बजारबारे सिक्न चाहने विद्यार्थी र नयाँ लगानीकर्तालाई अवसर सृजना गरेको भन्दै कलेज प्रतिनिधिहरुले पनि धन्यवाद ज्ञापन गरेका छन् ।

सेयर बजारप्रति बढ्दो आकर्षण र नयाँ लगानीकर्ताको अपेक्षा अनुसार अर्थ सरोकारले देशभरका विभिन्न कलेजहरुमा सेयर सचेतना कार्यक्रम गर्ने लक्ष्य लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी