×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुन तस्करी रोकिएन, कर लगाएर आयात खोल्नुपर्छ’- देउवा

PRIME CA

‘सुन तस्करी रोकिएन, कर लगाएर आयात खोल्नुपर्छ’- देउवा

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर लगाएर सुनको आयात खोल्नुपर्ने सुझाव दिएका छन् । सोमबार बसेको कांग्रेसको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

वर्षौंदेखि भईरहेको सुन तस्करी नरोकिएको बताउँदै देउवाले अब कर लगाएर आयात खोल्नुपर्ने बताएको कांग्रेसका एक सांसदले बताएका छन् । ‘बैठकमा सुन तस्करीको विषयले राम्रै चर्चा पायो । सोही चर्चाकबीच सभापति ज्यूले सुनमा न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्ने सुझाव दिनुभएको छ ।’, एक सांसदले भने ।

ती सांसदका अनुसार बजारको माग अनुसार सुनको आयात हुन नसकेपछि पछिल्लो समय सुन तस्करी बढेको सभापति देउवाको भनाई रहेको थियो ।

हाल नेपालमा वाणिज्य बैंकहरुले दैनिक १० किलोको दरले सुन आयात गर्ने गर्छन् । तर, बजारको माग अनुसार प्रयाप्त सुन आयात हुन नसकेपछि तस्करी बढेको कांग्रेस सभापति देउवाले बताएका छन् । हाल बजारमा सुनको माग दैनिक ४० केजी रहेको सुन व्यवसायीहरुले बताउने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: