×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

Artha Sarokar

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १०० रुपैयाँ दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

उक्त प्रयोजनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्व तयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी