×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोल्टी होटलको नाफा ८३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि आकर्षक सुधार (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोल्टी होटलको नाफा ८३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि आकर्षक सुधार (विवरणसहित)

Artha Sarokar

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षमा सोल्टी होटलले ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । होटलले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा ८३.४० प्रतिशत अर्थात ५४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको जनाएको हो । होटलले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

होटलले समीक्षा अवधिमा कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सोल्टी होटलले व्यवसायबाट १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा ६४.२७ प्रतिशतले कम हो । कोभिड १९ को महामारीपछि पर्यटन व्यवसाय फस्टाएपछि सोल्टी होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा बढ्न पुगेको हो ।

आम्दानी बढेसँगै सोल्टी होटलको सञ्चालन नाफा पनि बढेको छ । यसअवधिमा होटलले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ३३ करोड ३७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । नाफासँगै गत आर्थिक वर्षको असार मसान्तमा होटलको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा होटलको ईपीएस ६ रुपैयाँ १६ पैसा पुगेको छ ।

चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ । त्यस्तै, होटलको प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी