×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लयमा फर्किंदै श्रीलंका, आठ लाख बढी पर्यटक भित्रिए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लयमा फर्किंदै श्रीलंका, आठ लाख बढी पर्यटक भित्रिए…

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  आर्थिक तथा राजनीतिक संकटले पिरोलेको श्रीलंकामा यस वर्षको अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । बुधबार श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले ८ लाख पर्यटक भात्रिएको जानकारी दिएको हो ।

अगस्टको पहिलो छ दिनमा श्रीलङ्कामा ३० हजार ३०३ पर्यटक भित्रिएका थिए । त्यस्तै, भारत, संयुक्त अधिराज्य र चीनमा अगस्टको आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताएका हुन् ।

श्रीलङ्कामा कोभिड-१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको थियो ।

सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए । यद्यपि, आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको देखिएको छ ।

सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी