काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको असार मसान्तमा आर्जन गरेको उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.२७ प्रतिशत बढी हो । बैंकले अघिलल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ । योसँगै समीक्षा अवधिमा बैंकको निक्षेप २५.३७ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६९ प्रतिशत बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्