Skip to content
LAXMI SUNRISE BANK

तस्करीको सुनको तौल ६० किलो ७८९ ग्राम !

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयबाट बाहिरिँदै गर्दा बरामद गरिएको तस्करीको सुन ६० किलो ७८९ ग्राम भएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ‘ब्रेक शु’बाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।

काठमाडौंको सिनामंगलबाट बरामद गरिएको सुन सहितको ‘ब्रेक शु’को तौल १ सय ५५ किलो रहेको थियो । ब्रेक शु बरामद गरेपछि राजस्व अनुसन्धान विभागले उक्त ब्रेक शुमा तस्करी गरिएको सुनको तौल १ क्विन्टलभन्दा माथि हुने अनुमान गरेको थियो । तर, सोमबार सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा सुन जोखिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK