×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गते बिहीबारदेखि प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको छ । इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

साथै, सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले उक्त सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: