Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करी प्रकरणः नाम मुछिएका अध्यागमन विभागका महानिर्देशकलाई गृह मन्त्रालय तानियो

अर्थ सरोकार

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । तस्करी प्रकरणमा अधिकारीको भूमिका शंकास्पद रहेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठेपछि उनलाई गृह मन्त्रालयमा तानिएको हो ।

प्रकरणमा अधिकारीको संलग्नताबारे थप विषय पत्ता लगाउन गृह मन्त्रालयमा तानिएको मन्त्रालय स्रोतले बताएको छ । अधिकारीले ६० किलो सुन तस्करी प्रकरणमा नाइके भनिएका दावा छिरिङसँग म्यासेन्जरमार्फत संवाद गरेको आरोप छ । सोही विषयको सत्यतथ्य पत्ता लगाउनका लागि उनलाई मन्त्रालयमा तानिएको गृह स्रोतको भनाई रहेको छ ।

गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो । अधिकारी गत फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK