×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० किलो सुन तस्करी प्रकरणः पक्राउ परेका चिनियाँसँग ३ देशको नागरिकता फेला, नेपालमा रेकर्ड गायब !

PRIME CA
GLOBAL IME BANK

६० किलो सुन तस्करी प्रकरणः पक्राउ परेका चिनियाँसँग ३ देशको नागरिकता फेला, नेपालमा रेकर्ड गायब !

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका चिनियाँ नागरिकसँग तीन देशको नागरिकता फेला परेको छ । अनुसन्धानका क्रममा भदौ १ गते पक्राउ परेका चिनियाँ नागरिक याओ पुचेङसँग तीन देशको नागरिकता फेला परेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा चिनियाँ नागरिक याओले तीन देशको नागरिकता लिएको पाइएको हो । उनले चीन, नेपाल र भारतको नागरिकता लिएको पुष्टि भएको सीआईबी स्रोतले बताएको छ ।

स्रोतका अनुसार यसअघि उनको साथबाट भारतको आधार कार्ड फेला परेको थियो । जुन आधारकार्ड भारतको हरियानाको गुरुग्रामबाट बनाएको पाइएको थियो । त्यसलगत्तै उनको साथबाट नेपालको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको स्रोतले बताएको छ । स्रोतका अनुसार याओले सोही नागरिकताका आधारमा राहदानी पनि बनाएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काभ्रेमा भने उनले लिएको नागरिकताको रेकर्ड नभेटिएको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार यसअघि काभ्रेबाट नेपाली नागरिकता लिने चिनियाँहरुको केही विवरण प्रशासन कार्यालयबाटै गायब पारिएको पाइएको छ । हाल सोही प्रकरणको थप अनुसन्धानका लागि सीआईबीका प्रतिनिधिलाई हङकङ पठाउने तयारी गरिएको छ ।

हालसम्म सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र ली समेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: