×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्करीको १०० किलो सुन ‘ब्रेक शु’बाट छुट्याउन थालियो (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तस्करीको १०० किलो सुन ‘ब्रेक शु’बाट छुट्याउन थालियो (फोटो-कथा)

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १०० किलो सुन छुट्याउने काम सुरु भएको छ । सोमबार नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा बरामद गरिएको स्कुटरको ‘ब्रेक शु’बाट सुन छुट्याउने काम सुरु भएको हो ।

सोमबार बरामद गरिएको एक कार्टन ‘ब्रेक शु’बाट केही थान ‘ब्रेक शु’ खोले र ‘डेमो’ देखाइएको छ । योसँगै सोमबारदेखि सुन जोख्ने कार्य सुरु भएको राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन् । आचार्यका अनुसार मंगलबारसम्ममा ‘ब्रेक शु’बाट सुन छुट्याएर सुन गाल्ने काम सकिनेछ । तयसपछि तस्करी भएको सुनको गुणस्तर जाँच गरिनेछ ।

बरामद गरिएका ‘ब्रेक शु’को प्रति कार्टनमा २० वटा ‘ब्रेक शु’ रहेका छन् । सुन छुट्याउने र गाल्ने काममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंक केन्द्रको प्रतिनिधि र साँचो बुझ्ने टक्सार विभागका प्रतिनिधि रहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: