×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय कलाकार सनी देओलको सम्पत्ति लिलाम हुँदै !

PRIME CA
GLOBAL IME BANK

भारतीय कलाकार सनी देओलको सम्पत्ति लिलाम हुँदै !

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय कलाकार सनी देओलको सम्पत्ति बैंकले लिलामीमा ल्याएको छ । बैंकको करिब ५६ करोड रुपैयाँ (भारु) बराबरको कर्जा र ब्याज नतिरेपछि सरकारी स्वामित्वको बैंक अफ बरोडाले देओलको मुम्बईस्थित बंगला लिलामीमा ल्याएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार बैंक अफ बरोदाले कर्जा असुलीका लागि देओलको बंगला इ–अक्सनमा राखेको छ । लिलामीका लागि बैंकले जारी गरेको सूचनामा ऋणी अजय सिंघ देओल उर्फ ​​सनी देओलसँग बैंकले गत डिसेम्बर २६ देखि ब्याजसहित ५५.९९ करोड भारु असुली गर्न बाँकी रहेको उल्लेख गरिएको छ ।

मुम्बईको जुहु इलाकामा रहेको ५९९.४४ वर्गमिटरको सनी भिल्ला नामक संरचना इ–अक्सनमा राखिएको बैंक अफ बरोदाले जनाएको छ । बैंकले लिलामीमा ल्याइएको उक्त सम्पतिको रिजर्भ मूल्य वा न्यूनतम मूल्य करिब ५१.४३ करोड भारु तोकेको छ भने ५.१४ करोड भारु अग्रिमरुपमा बुझाउनुपर्नेछ । ऋणी वा जमानतकर्ताहरुले सम्पति बिक्री हुनुभन्दा अघि कुनै पनि समयमा ऋण भुक्तानी गरी सम्पति फिर्ता लिन सक्ने पनि बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: