काठमाडौं । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ । महानगरको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि काठमाडौं महानगरपालिकाले गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो ।
महानगरपालिकाले राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार निर्देशिका जारी भएसँगै बहाल कर तिर्ने करिब साढे ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । प्रमुख काफ्लेका अनुसार हाल कामपाभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने महानगरको योजना छ ।
बहाल कर तिर्ने करदाताको सङ्ख्या बढेकै कारण गत आवमा महानगरपालिकाले रु दुई अर्ब राजस्व सङ्कलन हुने लक्ष्य लिँदा लक्ष्यभन्दा बढी रु दुई अर्ब ५६ करोड असुल भएको छ । व्यवसाय करदाताको सङ्ख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४४ हजार सात सय ८३ व्यवसाय करदाता थिए । गत आर्थिक वर्षमा उक्त सङ्ख्या बढेर ४७ हजार ९८ पुगेको छ ।
यस्तै गत वर्ष सम्पत्ति कर तिर्नेको सङ्ख्या भने घटेको काफ्लेले बताएका छन् । गत वर्ष सम्पत्ति कर तिर्ने ७४ हजार छ जना थिए भने यसपालि घटेर ७२ हजार सात सय १७ जना पुगेका छन् । घर बहाल व्यवस्था निर्देशिकाका अनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा लिखित सम्झौता गर्नुपर्छ ।
निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएकोबारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।
सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ । निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख हुनुपर्छ । निर्देशिकाअनुसार बहालमा बस्नेले प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्