×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर वृद्धि फिर्ता लिन माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर वृद्धि फिर्ता लिन माग

Artha Sarokar

२९ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाले गरेको कर वृद्धि फिर्ता लिन माग गरेको छ । कांग्रेस कास्की जिल्ला कार्यसमितिका सभापति किशोरदत्त बराल र पोखरा महानगरपालिका कार्यसमिति सभापति सुरेन्द्रमान बिजुक्छेले संयुक्त विज्ञप्ति जारी गर्दै औचित्यविना कर वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

महानगरपालिकाको ध्यान जनताको हित र समृद्धिसँग जोडिनुपर्ने भए पनि त्यसको विपरीत कर बढाएर धेरै राजस्व उठाउने कुरामा मात्रै केन्द्रित भएको कांग्रेसले जनाएको छ । ‘राजस्व सङ्कलन गर्नका लागि अनावश्यकरूपमा कर बढाउने होइन, आवश्यक क्षेत्रको पहिचान गरी करको दायरा बढाउने हो । यसतर्फ पोखरा महानगरपालिकाको ध्यान पुग्न सकोस् ।’, विज्ञप्तिमा उल्लेख छ ।

कर वृद्धि कुन अध्ययन र अनुसन्धानका आधारमा गरिएको भन्दै विज्ञप्तिमा भनिएको छ– ‘यसबाट उठेको रकम जनताको कुनकुन हकहित र सुरक्षाका निम्ति खर्च गरिने हो ? जनताको हितका निम्ति के काम गर्नका लागि कति रकम नपुग भएका कारण कर बढाउनुपर्ने भएको हो ? भन्नेजस्ता विषय माथि व्यापक छलफल र बहस नगरी गरिएको कर वृद्धिको औचित्य पुष्टि हुन सकेको छैन ।’

विज्ञप्तिमा औचित्यविना वृद्धि गरिएको घर बहाल, व्यवसाय, सम्पत्ति र भूमि करलगायतका क्षेत्रमा भएको कर वृद्धि तुरुन्तै फिर्ता लिन माग गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी