×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीका कारण आन्तरिक उडान प्रभावित, अधिकांश उडान रद्ध !

PRIME CA

झरीका कारण आन्तरिक उडान प्रभावित, अधिकांश उडान रद्ध !

७ भाद्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लगातारको झरीका कारण देशभर आन्तरिकतर्फका उडान प्रभावित बनेका छन् । बुधबारदेखि परिरहेको वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका उडान प्रभावित बनेका हुन् ।

हाल झरीकै कारण आन्तरिक उडान रोकिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । तिवारीका अनुसार आन्तरिकतर्फका उडान रोकिएपछि अन्तराष्ट्रिय उडान भने नियमित तालिका अनुसार सञ्चालन भईरहेका छन् ।

लगातारको वर्षाका कारण धनगढी, सुर्खेत, तुम्लिङटार, पोखरा, भरतपूर, नेपालगञ्ज लगायतका गन्तव्यको उडान प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि लगातार तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: