×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ मंगलबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ मंगलबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

१६ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठुलो गोलभेंडाको न्युनतम मूल्य प्रतिकेजी १२० रुपैयाँ, लोकल सानो गोलभेँडाको मूल्य ४५ रुपैयाँ, रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, स्थानीय काउली न्यूनतम मूल्य ६० रुपैयाँ कायम गरेको छ ।

यस्तै गाजरको प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल २५, मुला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ४०, परवल ३५,घिरौला २५,फर्सी पाकेको ४५ कन्ने च्याउ १५०, डल्ले च्याउ ३०, काँक्रो लोकल ३०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

यता, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवि ७५०, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी