×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सोमबार नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १५० रुपैयाँ, लोकल सानो गोलभेँडाको मूल्य ७० रुपैयाँ, रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर प्रतिकेजी न्युनतम मूल्य ५० पुगेको छ । स्थानीय काउली ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला २०, फर्सी पाकेको ४०, हरियो फर्सी ७०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।

यस्तै, रायोको सागमा मूल्य केही घटेर आएको छ । हिजो प्रतिकेजी ९० रुपैयाँ रहेको रायोको साग सोमबार ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी १० रुपैयाँले बढेर ५० पुग्दा हरीयो प्याज पनि ८० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

समितिका अनुसार फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०,तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी