काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार, नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, लोकल सानो गोलभेँडाको मूल्य ७० रुपैयाँ कायम गरेको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले घटेर प्रतिकेजी न्युनतम मूल्य ४८ पुगेको छ । स्थानीय काउली ६० रुपैयाँ, सुकेको प्याज भारतीय ५३ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला २०, फर्सी पाकेको ४०, हरियो फर्सी ७०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।
रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी १० रुपैयाँले घटेर ४० हुँदा हरीयो प्याजको मूल्य ८० रुपैयाँ रहेको छ । यता, समितिका अनुसार आज फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०,तरबुजा हरियो ७०, मौसम १८०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्