×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ आइतबार फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ आइतबार फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार च्याउ, गाजर, सागलगायतका हरियो तरकारीको मूल्य प्रतिकेजी १० देखि ४० रुपैयाँसम्म बढेको छ ।

आइतबार रायो साग, हरियो प्याज, गाजर, रातो मूला, घिरौलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ । तर, घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको छ । बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०,कन्ने च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरीयो प्याज १०० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर रहेर प्रतिकेजी ३२० रुपैयाँ रहेको छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी