काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडाको मूल्य ७५ रुपैयाँ, रातो आलुको मूल्य ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कन्य च्याउको मूल्य बुधबारको तुलनामा २० रुपैयाँ घटेर प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउको ४०० रुपैयाँ, घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौला ३५, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०,भिण्डि ९०,स्कूस ७०, प्याज हरियो १५०,रायो साग ११०,कुरीलो ५०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भई रहेको छ ।
त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य प्रतिकेजी ३५०, कागती १२०, अनार प्रतिकेजी ४० रुपैयाँले घटेर आज २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्