काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ, लोकल सानो गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको मूल्य ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ र स्थानीय काउली प्रतिकेजी १०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ, डल्ले च्याउको मूल्य ३५० रुपैयाँ, गाजरको मूल्य प्रतिकेजी११० रुपैयाँ पुगेको छ । घिउ सिमी लोकल ११०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ६०, लौका ७०, परवल ७०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डि ८०, स्कूस ७०, प्याज हरियो १३०, रायो साग ११०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।
त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य ३५० रुपैयाँ रहेको छ । कागती १५०, अनार २८० रुपैयाँ, तरबुजा हरियो ७०, मौसम १२०, कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्