काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूची अनुसार हरियो तरकारीको मूल्यमा वृद्धि भएको छ ।
नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ भने लोकल सानो गोलभेँडा १३ रुपैयाँले घटेर ६० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलु र प्याजको मूल्य ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर १८० रुपैयाँ, डल्ले च्याउको मूल्य ३५० रुपैयाँ, गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्री भईरहेको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ८०, लौका ७०, परवल ६०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ७०, भिण्डि ८०, स्कूस ६०, प्याज हरियो १२०, रायो साग १३०, पालुगो १८०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ ।
त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य ३५० रुपैयाँ रहेको छ । कागती १६०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ७०, मौसम १४०, कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्