काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मुल्यसूची अनुसार नेपाली ठुलो गोलभेंडा प्रतिकेजी न्युनतम मुल्य १२० रुपैयाँ, भारतीय ठुलो गोलभेंडा १५० रुपैयाँ, लोकल सानो गोलभेंडा ६० रुपैयाँ, टनेलको गोलभेंडा ७० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, रातो आलु प्रतिकेजी ५० रुपैयाँ, रातो आलु(मुडे) ४५ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ तोकिएको छ । सुकेको प्याज ७५, गाजर ११०, लोकल बन्दा ४०, स्थानीय काउली ८०, सेतो मुला ७०, भान्टा लाम्चो ६०, भान्टा डल्लो ८०, बोडी १००, मकै बोडी ८०, घ्यु सिमि १००, टाटे सिमि ७०, भटमासकोसा ९०, तिते करेला ८०, लौका ७०, परवल ६०, चिचिन्ड़ो ५०, घिरौला ४०, पाकेको फर्सी ५०, हरियो फर्सी ८० र भिन्डी ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।
यस्तै, रायोको साग प्रतिकेजी १४० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ, हरियो प्याज १८० रुपैयाँ, कन्ये च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, न्युरो ८०, ब्रोकाउली १५०, चुकुंदर ८०, रातो बन्दा १४० रुपैयाँ, तामा १०० रुपैयाँमा बिक्री भईरहेको छ ।
यता फुजी स्याउ ३५० रुपैयाँ रहेको छ भने केरा दर्जनको १४० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, कागती १६०, अनार २८०, कालो अंगुर ४००, हरियो तर्बुजा ७०, मौसम १२०, जुनार ३२०, काक्रो ८०, रुख कटहर ४०, निबुवा ६०, लोकल नासपाती ७०. चाइनिज नासपाती ३००, भारतीय मेवा ८०, किवी ७००, अभोकाडो ४५० रुपैयाँ प्रतिकेजी न्युनतम मुल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्