काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली ठुलो गोलभेंडाको न्यूनतम मूल्य ११० रुपैयाँ, भारतीय ठुलो गोलभेंडा १४० रुपैयाँ टनेलको सानो गोलभेंडा ७० रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ ।
यस्तै, रातो आलु प्रतिकेजी ५० रुपैयाँ, रातो आलु(मुडे) ४८ रुपैयाँ रहेको छ भने हरियो प्याज २०० रुपैयाँमा किनबेच भईरहेको छ । लोकल गाजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली ८० सेतो मुला ७०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ८०, तने बोडी १००, मकै बोडी ८०, लोकल घ्यु सिमी ८०, टाटे सिमी ८०, भटमासकोशा ९०, तितो करेला ७०, लौका ७०, परवल ६०, चिचिण्डो ५०, घिरौला ६० रुपैयाँमा किनबेच भईरहेको छ ।
त्यस्तै, समितीले रायोको साग प्रतिकेजी ६० रुपैयाँ निर्धारण गरेको छ । तोरीको साग ६० रुपैयाँ, कन्य च्याउ २००, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १५०, चुकुंदर ८०, रातो बन्दा १४०, तामा १०० र तोफु ११० रुपैयाँ रहेको छ ।
यता फुजी स्याउ ३५० रुपैयाँ रहेको छ भने केरा दर्जनको १३० रुपैयाँ रहेको छ । कागती १३० रुपैयाँ, अनार २८० रुपैयाँ, कालो अंगुर ४००, हरियो तर्बुजा ७०, मौसम १२०, जुनार ३२०, भुई कटहर १५०, काक्रो ७०, रुख कटहर ४५, निबुवा ६०, भारतीय मेवा ८०, अम्बा ३००, किवी ७००, आभोकाडो ३५० रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्