काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ भने भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ रहेको छ । त्यस्तै टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ७० रुपैयाँ प्रतिकेजी रहेको छ र लोकल सानो गोलभेडा ५० रुपैयाँ रहेको छ ।
साथै, रातो आलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र रातो आलु(मुडे) ५२ रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । समितिका अनुसार लोकल गाजर १२० रुपैयाँ प्रतिकेजी, लोकल बन्दा ७० रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ११० रुपैयाँ प्रतिकेजी, सेतो मुला ९० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । भन्टा लाम्चो ७०, डल्लो भन्टा ९०, तने बोडी ९०, मकै बोडी १००, घ्यु सिमी १००, टाटे सिमी ८०, भटमासकोशा ८०, तिते करेला १००, लौका ८०, परवल ५०, चिचिण्डो ५०, घिरौला ७०, पाकेको फर्सी ५०, हरियो (डल्लो)फर्सी ५० र भिन्डी ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
त्यस्तै, रायोको साग प्रतिकेजी १४० रुपैयाँ, तोरीको साग ५०, हरियो प्याज १८०, कन्य च्याउ २५०, डल्ले च्याउ ४००, कुरिलो ५००, निउरो ८०, ब्रोकाउली २५०, चुकुंदर ८०, सजीवन १९०, तामा ९० र तोफु ११० रुपैयाँ रहेको छ ।
यता फुजी स्याउ ३२० रुपैयाँ, केरा दर्जनको १६० रुपैयाँ, कागती १४०, अनार २८०, कालो अंगुर ४००, हरियो तर्बुजा ७०, मौसम १४०, जुनार ३००, काक्रो १३०, रुख कटहर ६०, निबुवा ६०, नासपाती ७०, चाइनिज नासपाती २८०, भारतीय मेवा ९०, अम्बा १००, लप्सी ७०, किवी ७००, सरिफा २००, अभोकाडो २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्