×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाई यात्रा गर्दा भिआईपीले आफ्नै गाडी प्लेनसम्म लैजान नपाउने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हवाई यात्रा गर्दा भिआईपीले आफ्नै गाडी प्लेनसम्म लैजान नपाउने !

Artha Sarokar

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब जहाज पार्किङ स्थलसम्म आफ्नै गाडी लैजान नपाइने भएको छ । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भिआईपी)हरुले पार्किङ स्थलसम्म आफ्नै सवारी लैजान पाउने व्यवस्था भएको भए पनि अव भने भिआईपीहरुले विमानस्थलभित्र आफ्नै सवारी प्रयोग गर्न नपाउने भएका हुन् ।

यसका लागि सुरक्षा प्रहरीसहित सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले विशिष्ट व्यक्ति (भिआईपी)लाई जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ । अतिविशिष्ट÷विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम लागु गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेका थिए । तर, अब भने उनीहरुले पनि जहाज पार्किङ स्थलसम्म आफ्नो सवारी लैजान नपाउने भएका छन् ।

तर, भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ । उच्च पदस्थ व्यक्तिको सवारी हुने दिन १ घण्टा अगाडि नै आन्तरिक टर्मिनलमा पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआइपी सवारी साधनको विवरण टिपाएर पास लिनु पर्ने व्यवस्था समेत विमानस्थलले गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी