Skip to content
LAXMI SUNRISE BANK

स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङ्सलाई धितोपत्र बोर्डको कारवाही, ५० हजार जरिवाना तिरायो 

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले केयर रेटिङ्सलाई कारवाही गरेको छ । स्वार्थ बाझिने रेटिङ गरेको भन्दै २ असोजमा बसेको बोर्डको सञ्चालक समितिको बैठकले कारवाहीस्वरुप नगद जरिवाना गराएको हो ।

केयर रेटिङ्सले नियम विपरित स्वार्थ बाझिने कम्पनीहरुको रेटिङ गरेको पुष्टि भएपछि बोर्डकले कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो । विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको लगानी रहेको अन्य कम्पनीहरु (युनाइटेड डिस्ट्रीब्युटर्स, एसियन डिस्ट्रीब्युटर्स, भीजी अटोमोबाइल्स, घोराही सिमेन्ट, मैनबत्ती स्टिल, ग्लोबल ट्रेडिङ कन्सर्न लगायत) को रेटिङ गरेको पाइएपछि बोर्डले यसअघि गत पुष २४ गते कम्पनीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेको ५ महिनापछि कम्पनीलाई बोर्डले कारवाही गरेको हो । 

यसअघि केयर रेटिङ्सलाई बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, को दफा १०१ (७) बमोजिम हदैसम्मको कारवाही किन नगर्ने ? भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो भने क्रेडिट रेटिङ नियमावली २०६८ विपरित गरेको रेटिङ किन रद्ध नगर्ने तथा कम्पनीको अनुमतिपत्र किन निलम्बन नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको थियो । 

गतवर्ष नै सोधिएको स्पष्टीकरण विषयमा कारवाही अगाडी बढाउन धितोपत्र बोर्डका अध्यक्ष रमेश हालले विभागीय प्रमुखलाई टिप्पणी उठाएर बोर्डमा पेश गर्न निर्देशन दिएसँगै हाल कम्पनीलाई कारवाही गरिएको बोर्डले जनाएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK