काठमाडौँ । नक्कली नोटको कारोबार गर्दैगर्दा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिकाको स्वयम्भूबाट गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो । एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित उनी पक्राउ परेका हुन् ।
अर्थ सरोकार
थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ। उनी १ लाख रुपैयाँ नक्कली नोट बेच्न तयार भएर बसेको अवस्थामा प्रहरीले उनलाई रंगेहात समातेको हो । स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोट, मोबाइलसहित समातेको हो ।
पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्