×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अटो शोमा अर्थमन्त्रीको अचम्मको अभिव्यक्ति- ‘मान्छेसँग पैसा छ, खर्च गर्न डराए’

PRIME CA

अटो शोमा अर्थमन्त्रीको अचम्मको अभिव्यक्ति- ‘मान्छेसँग पैसा छ, खर्च गर्न डराए’

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मान्छेसँग पैसा प्रशस्तै भएको तर खर्च गर्न डराएको अभिव्यक्ति दिएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो अभिव्यक्ति दिएका हुन् । अर्थमन्त्रीको यस्तो अभिव्यक्तिपछि अहिले सामाजिक सञ्जालमा उनको चर्को आलोचना भईरहेको छ ।

यसो त अर्थमन्त्रीले कार्यक्रममा बोल्दै अहिले देशको अर्थतन्त्र समस्यामा पर्नु र मन्दीको असर देखिनुमा व्यवसायी र निजी क्षेत्र जिम्मेवार रहेको बताएका छन् । ‘अहिले देशमा व्यवसायी र निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्तिएको छ ।’, उनले भने, ‘सबैले खर्च बढाउनुपर्छ ।’

त्यस्तै, अर्थमन्त्री महतले अहिले देशको अर्थतन्त्रमा समस्या रहेको स्वीकारर्दै यो मन्दी र अर्थतन्त्रको समस्या धेरै नलम्बिने आश्वासन दिएका छन् । ‘हो, अहिले मुलुकको अर्थतन्त्रमा समस्या छ । तर, यो समस्या धेरै रहँदैन ।’, उनले भने, ‘जग्गा कारोबारमा कित्ताकाट र ऋण प्रवाहको कुरामा समस्या थियो । तर, अर्थतन्त्रका सबै सूचक सुध्रिरहेकाले अब यो मन्दी छिट्टै सकिन्छ ।’

योसँगै अर्थमन्त्रीले व्यवसायी र निजी क्षेत्रलाई खर्च गर्ने आत्मबल बढाउन पनि अपिल गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: