×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्नी सविनालाई अस्पताल पुर्याउन प्रयोग भएको थियो महानगरको गाडी, त्यहि गाडी रोकिएपछि झोकिएका थिए बालेन

PRIME CA

पत्नी सविनालाई अस्पताल पुर्याउन प्रयोग भएको थियो महानगरको गाडी, त्यहि गाडी रोकिएपछि झोकिएका थिए बालेन

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । शनिबार काठमाडौँ महानगरको गाडी ट्राफिक प्रहरीले रोकेको प्रसङ्ग यतिबेला चर्चामा छ । आफ्नी श्रीमतीलाई अस्पताल लगिरहेको आफ्नो गाडीलाई प्रहरीले रोकेर अनावश्यक केरकार गरेपछि बालेनले झोंकमा सरकारलाई गाली गरेर स्ट्याटस लेखेका थिए ।

‘बिरामी मान्छेलाई अस्पताल पुर्याउन एम्बुलेन्सका रुपमा महानगरको गाडी प्रयोग गर्दा के गल्ती भयो र ?’ बालेन निकटहरुको दाबी छ, ‘ यस्तो बेला बालेनको ठाउँमा जो भए पनि उ आक्रोशित हुनु स्वाभाविक हो ‘

बालेनपत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएको उनको परिवार स्रोतले पुष्टी गरेको छ ।

‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्दै उनले लेखेको स्ट्याटसको अहिले आलोचनासमेत भईरहेको छ । कतिपयले उनी श्रीमतीसँग दर खान हिंडेकाले प्रहरीले रोकेकोसमेत दाबी गरे । तर बालेन र उनकी पत्नी शनिबार बेलुकी अस्पताल गएको र सो बेला बालेनकी पत्नी प्रसव पीडामा रहेको खुलासा भएको छ ।

यसो त प्रहरीले उनलाई शनिबार सरकारी गाडी किन चलाएको र यसको अनुमति छ कि छैन भनेर सोधेको भने हो । सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका प्रहरीको भनाई छ । तर बालेन, उनकी श्रीमतीसहित अन्य केहि एमरजेन्सी रुपमा अस्पताल हिंडिरहेको थाहा भएपछि गाडी छोडिएको ती प्रहरीको भनाई छ । ‘गाडी केहि स्पीडमा थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले महानगरको गाडी हो, अस्पताल हिँडेको भन्ने जानकारी दिए । त्यसपछि हामीले छोडिदियौं ।’ ती प्रहरीले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: