×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन स्ट्याटस प्रकरण : बालेनपत्नी सविना दर खान होइन, अस्पतालबाट फर्कंदै थिइन्, दिईन् छोरीलाई जन्म !

PRIME CA

बालेन स्ट्याटस प्रकरण : बालेनपत्नी सविना दर खान होइन, अस्पतालबाट फर्कंदै थिइन्, दिईन् छोरीलाई जन्म !

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएको विषय अहिले चर्चामा छ ।

‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्दै उनले लेखेको स्ट्याटसको अहिले आलोचनासमेत भईरहेको छ । कतिपयले उनी श्रीमतीसँग दर खान हिंडेकाले प्रहरीले रोकेकोसमेत दाबी गरे । तर बालेन र उनकी पत्नी शनिबार बेलुकी अस्पताल गएको र उनी बिरामी रहेको खुलासा भएको छ।

बालेनपत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएको उनको परिवार स्रोतले पुष्टी गरेको छ ।

यसो त प्रहरीले उनलाई शनिबार सरकारी गाडी किन चलाएको र यसको अनुमति छ कि छैन भनेर सोधेको भने हो । सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका प्रहरीको भनाई छ । तर बालेन, उनकी श्रीमतीसहित अन्य केहि एमरजेन्सी रुपमा अस्पताल हिंडिरहेको थाहा भएपछि गाडी छोडिएको ती प्रहरीको भनाई छ ।  ‘गाडी केहि स्पीडमा थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले महानगरको गाडी हो, अस्पताल हिँडेको भन्ने जानकारी दिए । त्यसपछि हामीले छोडिदियौं ।’ ती प्रहरीले भने ।

(यसअघिको हेडलाइनमा ‘ सविना अस्पतालबाट फर्किंदै थिइन् हुनुपर्नेमा अस्पताल जाँदै थिइन् भएकोमा सच्याईएको छ- सम्पादक)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: