×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगर तयार छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सरकारले जग्गा दिए क्रिकेट रंगशाला बनाउन महानगर तयार छ’

Artha Sarokar

१९ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर शाहले यस्तो घोषणा गरेका हुन् ।

मेयर शाहले सरकारद्धारा काठमाडौं महानगर वा आसपासमा आवश्यक सय रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन् ।

‘रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद । यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’, उनले लेखेका छन् ।

त्यस्तै, मेयर शाहले नेपालमा रंगशाला र केही ठूला खेलहरु हुने हो भने देशको खेल विकास हुने बताएका छन् । ठूलो खेल सञ्चालन गर्दा एउटै खेलबाट करोडौँ रकम आर्जन हुन सक्ने बताउँदै मेयर शाहले खेलाडी र तल्लोतहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध गरिसकेको समेत जानकारी गराएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी