×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पीडामा छन् बालेन दम्पति, जन्मिएका दुई सन्तानमध्ये एकको निधन, अर्की छोरी आईसीयूमा, सविना पनि बिरामी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पीडामा छन् बालेन दम्पति, जन्मिएका दुई सन्तानमध्ये एकको निधन, अर्की छोरी आईसीयूमा, सविना पनि बिरामी !

Artha Sarokar

१७ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीशोक परेको छ । एक साताअघि पुत्रीलाभ भएका उनका जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी थिइन् । जसमध्ये एकको निधन भएको हो भने, अर्की छोरीलाई अस्पतालमा राखिएको छ । ललितपुरको मेडिसिटी अस्पतालले बालेनकि अर्की छोरीलाई एनआईसीयूमा उपचार भइरहेकोपुष्टी गरेको छ ।

‘बालेनजीको एक बच्चाको निधन भईसक्यो, एक छोरी अस्पतालमै छ । सबिनाजीकोचाहिं दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।’ अस्पताल स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘हामीले भन्न मिल्ने यति हो, अरु कुरा उहाँहरुको व्यक्तिगत कुरा हो।’

अहिले बालेन र उनकी श्रीमती शोकमा छन् । एउटी छोरीको निधन भएको पीडा र अर्की छोरी बिरामी भएको पीडाले उनीहरु समस्यामा छन् । सविना काफ्लेको स्वास्थ्य पनि ठिक नरहेको अवस्था छ । यहि बेला सविना काफ्ले चढेको गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि बालेनले आक्रोशपूर्ण स्ट्याटस लेखेका थिए । यहि विषयलाई लिएर बालेनको आलोचनासमेत भईरहेको छ । कतिपयले भने बिरामीलाई रोकेर अनावश्यक केरकार गरेको भन्दै प्रहरीको आलोचनासमेत गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी